logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • सरकारले भुक्तानी नदिँदा रोकियो बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

    सरकारले भुक्तानी नदिँदा रोकियो बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

    676
    SHARES
    सरकारले भुक्तानी नदिँदा रोकियो बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।



     

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गङ्गालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

     

    सरकारले विपन्न परिवारका बालबालिकाहरूको मुटुरोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो। गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गङ्गालाले उक्त सेवा रोको छ। सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन्।

     

    साथै उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति नबनेसम्म राप्रपाले संसद बहिस्कार गर्ने उल्लेख गरे।


    अर्थ चाैतारी
  • विहिबार, ८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट