logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    494
    SHARES
    बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ।



    बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेका हुन्। स्वस्तिक लघुवित्तले अहिले वैदेशिक रोजगारीमा रहेकालाई मात्रै आईपीओ जारी गरिरहेको छ भने बन्दीपुर केवलकारले आयोजना प्रभावितलाई पनि निष्कासन गरिरहेको छ।

    धितोपत्र बोर्डले केही दिन अघिमात्रै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्ने १५ दिनको अवधिलाई छोट्याएर ४ दिन कायम गरेकाले बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अवधि छोट्टिएको हो।

    बन्दीपुर केवलकारले प्रतिकित्ता १०० रुपैयाँका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा अहिले आयोजना प्रभावितलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरिरहेको हो।

    आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा भने साउन २० गतेसम्म आवेदन दिन सकिनेछ। यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ।

    स्वस्तिक लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। जसमध्ये अहिले कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरिरहेको छ।

    यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सकिनेछ।

    यी दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले आज साँझ ५ बजेपछि आवेदन बन्द हुन लागेको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट