logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नबिल बैंकको ऋणपत्रमा साउन २० सम्मलाई आवेदन दिने म्याद लम्बियो

    नबिल बैंकको ऋणपत्रमा साउन २० सम्मलाई आवेदन दिने म्याद लम्बियो

    637
    SHARES
    नबिल बैंकको ऋणपत्रमा साउन २० सम्मलाई आवेदन दिने म्याद लम्बियो

    काठमाण्डौ । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।



    बैंकले गत साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर–२०८९’ जारी गरेको थियो। यो ऋणपत्रमा आज साउन ९ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। तर, पर्याप्त आवेदन नपरेकोले अब यो ऋणपत्रमा साउन २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

    बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरेको हो। सर्वसाधारणका लागि जारी कुल इकाइमध्ये ५ प्रतिशतले ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

    लगानीकर्ताले यो ऋणपत्रमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

    नबिलको यो ८ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट