logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सिटी होटेलले हकप्रद शेयरका लागि भदौ ३ गतेसम्म रकम बुझाउन आग्रह

    सिटी होटेलले हकप्रद शेयरका लागि भदौ ३ गतेसम्म रकम बुझाउन आग्रह

    442
    SHARES
    सिटी होटेलले हकप्रद शेयरका लागि भदौ ३ गतेसम्म रकम बुझाउन आग्रह

    काठमाण्डौ । सिटी होटेल लिमिटेडले हकप्रद शेयरका लागि रकम भदौ ३ गतेभित्र बुझाउन शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका आधारभूत शेयरधनीलाई उक्त म्यादभित्र आफ्नो भागअनुसारको हकप्रद वापतको रकम बुझाउन अनुरोध गरेको हो।



    नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेललाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो। बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    यसअनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्काशन गर्नेछ। सो हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट