काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ७९ प्रतिशतभन्दा धेरै नाफा वृद्धि गरेको छ। अघिल्लो वर्ष ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको हो।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५ रुपैयाँले बढेर १२.१८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ७.१८ रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी २२ करोड ६१ लाख रुपैयाँ छ भने सञ्चालन नाफा ७२.७९ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी ५६ करोड ९६ लाख रुपैयाँ छ। जगेडा कोषमा ६ करोड ७ लाख रुपैयाँ र वितरणयोग्य नाफा (लाभांश क्षमता) ६ करोड रुपैयाँभन्दा बढी रहेको बैंकले जनाएको छ।
बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँभन्दा माथि पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.३३ प्रतिशत रहेको छ।
अर्थ चाैतारी ।