काठमाण्डौ । बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने अन्तिम दिन आज (शुक्रबार) परेको छ।
कम्पनीले असार २९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् भने स्थानीयको लागि भने साउन २६ गतेसम्म म्याद थप गरिएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत, अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको शेयर बिक्री गर्न अनुमति दिएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरमा २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिरहेको छ।
जारी पूँजीको १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता शेयर आयोजनाबाट प्रभावित स्थानीयहरूका लागि छुट्याइएको छ। यसमा:
६५ प्रतिशत शेयर अतिप्रभावित क्षेत्र – बझाङको बुंगल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५, ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाका लागि छुट्याइएको छ।
३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र – बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख कित्ता भन्दा बढी शेयर
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने कुल शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको हो। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
स्थानीयहरूका लागि: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (केदारस्यु–१), कृषि विकास बैंक (बुंगल शाखा), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) र आयोजनास्थलमा उपलब्ध सहुलियत केन्द्रबाट आवेदन दिन सकिनेछ।
विदेशमा रहेका नेपालीहरूका लागि: धितोपत्र बोर्डबाट अनुमति प्राप्त C-ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाको तोकिएको शाखा तथा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सकिनेछ।
यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ।
अर्थ चाैतारी ।