logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • बरुण हाइड्रोपावरको हकप्रद साउन १९ गतेसम्म भर्न पाइने

    बरुण हाइड्रोपावरको हकप्रद साउन १९ गतेसम्म भर्न पाइने

    988
    SHARES
    बरुण हाइड्रोपावरको हकप्रद साउन १९ गतेसम्म भर्न पाइने

    काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि बिक्री गरेको हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।



    यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, १२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट