logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा

    बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा

    1.1K
    SHARES
    बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा

    काठमाण्डौ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार अन्तिम प्रतिस्पर्धामा पुगेका छन्।



    कम्पनीले गत असार २४ गते सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो। प्राप्त आवेदनहरू मध्ये छनौट समितिले चार जनाको नाम अन्तिम प्रतिस्पर्धाका लागि योग्य ठहर गरेको हो।

    छनौटमा परेका उम्मेदवारहरूमा:

    राजु श्रेष्ठ – मेकानिकल इन्जिनियर, धनकुटा

    अरुण रजौरिया – दाङ

    पवन अधिकारी – तनहुँ

    कृष्ण सिंह बस्नेत – गोरखा

    यीमध्ये एक जनालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिनेछ।

    आवेदनकर्तामध्ये राजु श्रेष्ठ २७ वर्षदेखि नेपाल तथा विदेशका विभिन्न जलविद्युत आयोजनामा एक्सपर्टको रूपमा कार्यरत छन्। अरुण रजौरिया ९ वर्षदेखि एचआईडिसिएलमा आवद्ध छन् र सोही संस्थाको सीइओ पदको दौडमा पनि प्रतिस्पर्धी थिए। पवन अधिकारी हाल सरकारी भेरी बबई डाइभर्जन आयोजनामा इन्जिनियरको रूपमा कार्यरत छन् भने कृष्ण सिंह बस्नेतले सडक बोर्ड नेपालका कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए।

    कम्पनीले गोरखा र धादिङमा निर्माण गर्न लागिएको १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्नका लागि नेतृत्व छनोटको प्रक्रिया अगाडि बढाएको हो। सीइओको कार्यकाल ४ वर्षको हुनेछ। गोरखा र धादिङमा फैलिएको यो आयोजना निर्माणका लागि बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड गठन गरिएको हो।


    अर्थ चाैतारी
  • सोमबार, १२ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट