काठमाण्डौ । सेयरबजारमा चर्चामा आएको नेप्से बुल र गभर्नर ब्रान्डका रक्सी उत्पादन गर्ने कम्पनीले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ।
नेप्से बुल, गभर्नर, रोयल ब्लुलगायतका रक्सी उत्पादन गर्दै आएको सागर डिस्टिलरी प्राइभेट लिमिटेडले सोमबार नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको हो।कम्पनीले एक सय अंकित मूल्यमा १४ लाख ५२ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको हो।
इन्फोमेरिक क्रेडिट रेटिङ एजेन्सीले कम्पनीलाई बी प्लस रेटिङ दिएको छ। यो भनेको कम्पनीको वित्तीय दायित्व भुक्तानी क्षमता कमजोर रहेको भन्ने हुन्छ।
कम्पनीको वार्षिक ५० लाख लिटर रक्सी उत्पादन क्षमता छ। कम्पनीमा आशुतोष खेतानको १४.५२ प्रतिशत, अल्का गोयलको १०.६३ प्रतिशत, सन्दीप जलनको ९.१४ प्रतिशत सेयर स्वामित्व छ।
अर्थ चाैतारी ।