logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्री खुला, सबैले किन्न पाउने

    प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्री खुला, सबैले किन्न पाउने

    611
    SHARES
    प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्री खुला, सबैले किन्न पाउने

    काठमाण्डौ । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ।



    कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। अर्थात् कम्तीमा १० हजार रुपैयाँ लाग्नेछ।

    यसमा साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय पाइनेछ।

    यसका साथै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुनेछ।

    यसमा कम्पनीको संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था सबैले आवेदन दिन सक्नेछन्।


    अर्थ चाैतारी
  • मंगलबार, १३ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट