logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • श्रीनगर एग्रीटेकले पायो आईपीओ निष्काशन अनुमति

    श्रीनगर एग्रीटेकले पायो आईपीओ निष्काशन अनुमति

    611
    SHARES
    श्रीनगर एग्रीटेकले पायो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ ।  श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो।



     

    बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

     

    कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।

     

    कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट