logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • अभियान लघुवित्तको लोभलाग्दो सुधार: नाफा र ईपीएस धनात्मक, आम्दानीमा ठूला वृद्धि

    अभियान लघुवित्तको लोभलाग्दो सुधार: नाफा र ईपीएस धनात्मक, आम्दानीमा ठूला वृद्धि

    897
    SHARES
    अभियान लघुवित्तको लोभलाग्दो सुधार: नाफा र ईपीएस धनात्मक, आम्दानीमा ठूला वृद्धि

    काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै महत्वपूर्ण सुधार देखाएको छ। अघिल्लो आव कम्पनी २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको थियो।



     

    खुद ब्याज आम्दानी ७ करोड ६६ लाख रुपैयाँबाट १८ करोड ९० लाख रुपैयाँमा झन्डै दोब्बर बढेको छ। कुल सञ्चालन आम्दानी पनि ८ करोड ९७ लाख रुपैयाँबाट २३ करोड ६१ लाख रुपैयाँमा वृद्धि भएको छ।

     

    कम्पनीको सञ्चालन घाटा २ करोड ९२ लाख रुपैयाँबाट १० करोड २४ लाख रुपैयाँ नाफामा परिणत भएको छ।

     

    प्रतिशेयर आम्दानी (ईपीएस) ऋणात्मक ९.७९ रुपैयाँबाट धनात्मक २६.४२ रुपैयाँमा पुगेको छ। प्रतिशेयर नेटवर्थ १२६.९८ रुपैयाँ कायम छ।

     

    चुक्ता पूँजी २५ करोड रहेको कम्पनीको रिजर्भ १० करोड ७४ लाख रुपैयाँ छ। वितरणयोग्य नाफा ऋणात्मक ७ करोड ६५ लाख रुपैयाँबाट ऋणात्मक ४ करोड रुपैयाँमा सुधार आएको छ।

     

    खराब कर्जा (एनपीएल) दर ४.९८ प्रतिशतबाट घटेर ४ प्रतिशतमा झरेको छ।

     

    कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन ३५ करोड रुपैयाँ पुगेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २५ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट