logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • माबिलुङ्ग इनर्जीको आइपीओ भोलिदेखि निष्काशन, सर्वसाधारणका लागि १२ लाख ४८ हजार कित्ता आवेदन खुला

    माबिलुङ्ग इनर्जीको आइपीओ भोलिदेखि निष्काशन, सर्वसाधारणका लागि १२ लाख ४८ हजार कित्ता आवेदन खुला

    923
    SHARES
    माबिलुङ्ग इनर्जीको आइपीओ भोलिदेखि निष्काशन, सर्वसाधारणका लागि १२ लाख ४८ हजार कित्ता आवेदन खुला

    काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले भोलि साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन अनुमतिपत्र पाएकोमा, पहिले प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ।



     

    अब दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको छ, जसमा ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ लाख ४८ हजार ९०४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

     

    आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

    निष्काशन प्रक्रिया साउन २९ गते सुरु भई भदौ ९ गतेसम्म चल्ने सम्भावना छ।

     

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

     

    कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको जनाउँछ।


    अर्थ चाैतारी
  • आइतबार, २५ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट