logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा चलखेल रोक्न दुई वटा आईजीन अनिवार्य, तुरुन्त निर्देशिका कार्यान्वयन गर्न दबाब !

    सेयर बजारमा चलखेल रोक्न दुई वटा आईजीन अनिवार्य, तुरुन्त निर्देशिका कार्यान्वयन गर्न दबाब !

    637
    SHARES
    सेयर बजारमा चलखेल रोक्न दुई वटा आईजीन अनिवार्य, तुरुन्त निर्देशिका कार्यान्वयन गर्न दबाब !

    काठमाण्डौ । नेपालको पूँजी बजारमा पारदर्शिता र सुशासन कायम गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अघि सारेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन) सम्बन्धी निर्देशिकालाई लगानीकर्ता संघ–संस्थाहरूले पूर्ण समर्थन जनाएका छन् ।



     

    उनीहरूले उक्त निर्देशिका यथाशीघ्र कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग माग गरेका छन् । पाँच वटा प्रमुख लगानीकर्ता संघसंस्थाहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आईजीन निर्देशिका कार्यान्वयन नभए पूँजी बजारमा भइरहेको दुरुपयोग झनै बढ्ने चेतावनी दिएका छन् ।

     

    उनीहरूले हाल केही कम्पनीका संस्थापक लगानीकर्ताहरूले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको गलत प्रयोग गर्दै संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको गम्भीर आरोप समेत लगाएका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ,‘संस्थापक सेयर बिक्रीमा देखिएको विकृति गम्भीर छ । यसको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

     

    उनीहरूले संस्थापक र सर्वसाधारण सेयरका लागि फरक–फरक आईजीन नम्बर तोक्ने व्यवस्थालाई स्वागतयोग्य र दूरदर्शी कदमको रूपमा लिएका छन् । संस्थाहरूले कम्पनीको आईपीओ वा हकप्रद सेयर स्वीकृत गर्नुअघि, सम्बन्धित कम्पनीको सुशासन, जोखिम बहन क्षमता, पारदर्शिता, व्यवस्थापन तथा व्यावसायिक योजनाको गहिरो अध्ययन गर्नुपर्ने माग समेत अघि सारेका छन् ।

     

    ‘केही संस्थापकहरू तीन वर्ष नपुग्दै कम्पनीबाट बाहिरिन खोज्ने प्रवृत्तिले पूँजी बजारमा विश्वासको संकट सिर्जना गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्तो प्रवृत्ति नियन्त्रण गर्न आवश्यक नीति तथा कानुन निर्माण गर्न सेबोनले अग्रसरता लिनुपर्छ ।’


    अर्थ चाैतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट