logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सूर्यज्योति लाइफको व्यापार ११.३५ अर्ब माथि, साढे २५%ले बढ्यो जीवन बीमा कोष

    सूर्यज्योति लाइफको व्यापार ११.३५ अर्ब माथि, साढे २५%ले बढ्यो जीवन बीमा कोष

    1.5K
    SHARES
    सूर्यज्योति लाइफको व्यापार ११.३५ अर्ब माथि, साढे २५%ले बढ्यो जीवन बीमा कोष

    काठमाण्डौ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



     

    वित्तीय विवरणअनुसार समीक्षा वर्षमा सूर्यज्योति लाइफले ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१मा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.४५ प्रतिशतले बढेको छ।

     

    समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा महाविपत्ति कोषमा ३७ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ८८ लाख रुपैयाँ थियो।

     

    गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ३१ करोड १ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ३३ अर्ब ७१ करोड २० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २५.५० प्रतिशतले बढेको छ।

     

    समीक्षा वर्षमा कम्पनीले ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १९.८५ प्रतिशतले बढेको छ।

     

    कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.८३ प्रतिशतले बढेको छ।

     

    शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.९९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो। पीई रेसियो ६३.९१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट