logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

    नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

    988
    SHARES
    नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

    काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् ।



     

    कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

     

    यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। उनले दिएको राजीनामा कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

     

    पौडेल नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत हुन् ।


    अर्थ चौतारी
  • शनिबार, ३१ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट