logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

    नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

    741
    SHARES
    नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज भदौ २ गते अन्तिम दिन रहेको छ।



     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

     

    हकप्रद निष्कासनका लागि कम्पनीले गत जेठ ३० गते नै बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

     

    इच्छुक शेयरधनीले बिक्री प्रबन्धक समेत रहेको एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय सहित पोखराको चिप्लेढुङगा, बुटवलको ट्राफिकचोक, वीरगंजको आदर्शनगर र विराटनगरको गोल्छाचोकमा रहेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

     

    यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी अनलाइन बाट पनि आवेदन दिन सक्नेछन्।

     

    कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्कासन गर्न लागको हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ। हकप्रद बाँडफाँडपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।


    अर्थ चौतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट