logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

    689
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।



     

     

    बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

     

     

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट