logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

    हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

    1.1K
    SHARES
    हिम स्टार ऊर्जा कम्पनीको सेयर डिम्याट खातामै रोक्का

    काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी डिम्याट खातामा पठाइएको हिम स्टार ऊर्जा कम्पनीको सेयर खातामै रोक्का गरिएको छ ।



     

    सोमबार नै सो सेयर डिम्याट खातामा पठाइएकोमा प्राविधिक त्रुटि देखिएकाले रोक्का गरिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले स्पष्ट पारेको छ ।

     

    ‘सेयर रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखिएको छ’ सीडीएससीले विज्ञप्तिमार्फत भनेको छ । यद्यपि हिम स्टारको सेयर दोस्रो बजारमा सूचीकृत भइसकेको छैन ।

     

    यसअघि असार ३२ गते कम्पनीको आईपीओ सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो । ७७ हजार ३९७ जनाले सेयर पाएका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट