काठमाण्डौ । आजदेखि भृकुटीमण्डपमा सुरु भएको १७औँ नाडा अटो शोमा नयाँ मोडलका चारपांग्रेहरु सार्वजनिक भएका छन्। सो क्रममा साइमेक्स इंकले बीवाईडीको एट्टो २ पनि सार्वजनिक गरेको छ।
कम्पनीले केही समयअघि मात्रै नेपालमा एट्टो १ ल्याएको थियो।
नाडा अटो शोका दौडान सार्वजनिक भएको बीवाईडी एट्टो २को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ। यो गाडीले ३४५ किमि रेन्ज दिने कम्पनीले जनाएको छ। गाडीमा १०० किलोवाटको मोटर, २०० एमएम ग्राउन्ड क्लियरेन्स छ। गाडीले २९० एनएम टर्क जेनेरेट गर्छ।
तस्बिरहरू



अर्थ चाैतारी ।