logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लघुवित्तको लाभांशमा १५ प्रतिशतको बन्देज हट्यो, थपियो अर्को शर्त

    लघुवित्तको लाभांशमा १५ प्रतिशतको बन्देज हट्यो, थपियो अर्को शर्त

    936
    SHARES
    लघुवित्तको लाभांशमा १५ प्रतिशतको बन्देज हट्यो, थपियो अर्को शर्त

    काठमाण्डौ । लघुवित्त संस्थाको लाभांशमा १५ प्रतिशतको बन्देज हटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।



     

    अब यस्तो सीमालाई पुँजीकोष र निष्क्रिय कर्जा अनुपातसँग तालमेल गर्ने गरी नयाँ व्यवस्था गरिएको छ । अब ५ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा भई लाभांश वितरणपछि कम्तीमा १२ प्रतिशत पुँजीकोष कायम हुन सक्ने लघुवित्त संस्थाको लागि २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछन् ।

     

    पर्याप्त पुँजीकोष भए पनि ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा भए २० प्रतिशतसम्म र सोभन्दा धेरै निष्क्रिय कर्जा भए १५ प्रतिशतसम्म मात्रै लाभांश दिन सक्ने व्यवस्था गरिएको छ । साथै १५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरूले लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । निष्क्रिय कर्जा र पुँजीकोषको दुवैको दबाबमा भएका बैंकका लागि भने ५ प्रतिशतभन्दा धेरै लाभांश दिन नपाउने व्यवस्था गरिएको छ ।

     

    p

    यी दुईबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा यस बैंकले उल्लिखित तालिकामा तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ ।

     

     

    त्यस्तै चुक्ता पुँजी कायम गर्न नसकेको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न नपाउने उल्लेख गरिएको छ । खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई कर्जा सीमा कायम गर्दै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई प्रतिव्यक्ति तीन लाखसम्म तथा महिलाको हकमा पाँच लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट