logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • धितोपत्र बोर्डमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

    धितोपत्र बोर्डमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

    1.2K
    SHARES
    धितोपत्र बोर्डमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट नयाँ पदपूर्तिसँगै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाका लागि दरखास्त आह्वान गरेका छन्।



     

    धितोपत्र बोर्डले आज सूचना जारी गर्दै कार्यक्षमता मूल्यांकनका आधारमा वरिष्ठ सहायदेखि कार्यकारी निर्देशकसम्म ७ जनाको बढुवाका लागि दरखास्त आह्वान गरेको छ। जसमा कार्यकारी निर्देशक एकजना, उपकार्यकारी निर्देशक २ जना, निर्देशक २ जना र सहायक निर्देशक र वरिष्ठ सहायक १–१ जना रहेको छ।

    यसैगरी धितोपत्र बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम)मा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत नयाँ पदपूर्ति गर्न लागेको हो। प्रशासन र कानुनमा ३ जना सहायक निर्देशक र प्रशासनमा दुईजना वरिष्ठ सहायकका लागि दरखास्त आह्वान गरिएको छ।

     

    यी पदमा इच्छुक उम्मेदवारले धितोपत्र बोर्डको वेबसाइटमा गएर अनलाइन दरखास्त दिनुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज २ गते रहेको छ। दोब्बर दस्तुर तिरी असोज ९ गतेसम्म दरखास्त दिन सकिनेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट