logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सरकारले खटायो देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

    सरकारले खटायो देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

    2K
    SHARES
    सरकारले खटायो देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

    काठमाण्डौ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन्।



     

    निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन्। ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको जानकारी गराउँछु।’

     

     

    उनले मन्त्री बन्दै गर्दा आफूले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत घटाउने भनेर गरेको घाेषणा कार्यान्वयन गरिएको दाबी पनि गरेकी छन्। ‘यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु। देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो,’ मन्त्री न्याैपानले भनेकी छन्, ‘जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन्छु।’


    अर्थ चाैतारी
  • शुक्रबार, १३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट