logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री

    श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री

    1.2K
    SHARES
    श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री

    काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरूसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताएका हुन् ।



     

    नेपाली नागरिक बसोबास गर्ने देशहरूमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाली नागरिक भएका सबै देशहरूमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताए ।

     

    उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ । ती ती देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढेर जान्छ । अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरूसँग पनि हुलाक सम्झौता गर्नुपर्‍यो । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रूपमा विकास गर्नसक्छौं ।’

     

    उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट