logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाली सेनाले बरामद गर्‍यो ७३ नाल हतियार: डिल्लीबजार र धुलिखेल कारागारमा स्थिति नियन्त्रणमा

    नेपाली सेनाले बरामद गर्‍यो ७३ नाल हतियार: डिल्लीबजार र धुलिखेल कारागारमा स्थिति नियन्त्रणमा

    7.7K
    SHARES
    नेपाली सेनाले बरामद गर्‍यो ७३ नाल हतियार: डिल्लीबजार र धुलिखेल कारागारमा स्थिति नियन्त्रणमा

    काठमाण्डौ। नेपाली सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्ने चार जनासहित सात नाल हतियार बरामद गरेको छ। बरामद हतियारसँगै हतियारका म्यागजिन, राउण्ड, व्युनेट तथा अन्य एसेसरिज र व्यक्तिगत सामाग्री पनि नियन्त्रणमा लिइएको छ।



    सुरक्षा फौजका अनुसार विशेष सूचनाको आधारमा बालाजु–माछापोखरी क्षेत्रमा थप एक नाल हतियार पनि बरामद गरिएको छ। यससँगै हालसम्म मुलुकभर ७३ नाल हतियार बरामद भइसकेको छ।

    यसैबीच, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडपपछि स्थिति नियन्त्रणमा आएको छ। त्यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो पनि नेपाली सेना र अन्य सुरक्षा निकायको प्रयासमा नियन्त्रणमा आएको छ।

    सुरक्षा फौजले विभिन्न जिल्लामा फरार कैदीबन्दीहरूको खोजी जारी राख्दै सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ।


    अर्थ चौतारी
  • विहिबार, २६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट