logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

    दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

    1.4K
    SHARES
    दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रकम एक खर्ब ८० अर्ब १७ करोड चार लाख पुगेको छ।



     

    यस वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरिएको छ। तर, सो मध्ये चालुतर्फको खर्च नौ दशमलव ६७ प्रतिशत देखिएको छ। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमा हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च भएको छ। यस्तै, पुँजीगत खर्चमा एक दशमलव ५६ प्रतिशत मात्र प्रगति भएको छ। चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजनमध्ये भदौ मसान्तसम्ममा जम्मा छ अर्ब ३५ करोड ३३ लाख खर्च भएको हो। वित्तीय व्यवस्थातर्फ भने तुलनात्मक रूपमा बढी खर्च देखिएको छ। तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमध्ये १५ दशमलव ८९ प्रतिशत अर्थात् ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको महालेखाले जनाएको छ।

     

     

    सोही अवधिमा राजस्व संकलनतर्फ पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको देखिएको छ। सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख भए पनि भदौ मसान्तसम्ममा एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख मात्र उठेको छ, जुन कुल लक्ष्यको १० दशमलव ४३ प्रतिशत हो। कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य राखिएकोमा ११ दशमलव ३५ प्रतिशत अर्थात् एक खर्ब ५० अर्ब ४० करोड १३ लाख संकलन भएको छ। गैर–कर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाखको लक्ष्यमा चार दशमलव ६२ प्रतिशत अर्थात् सात अर्ब १३ करोड २१ लाख संकलन भएको छ।

     

     

    वैदेशिक अनुदान संकलनमा पनि उल्लेख्य प्रगति भएको छैन। चालु वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्ममा जम्मा दुई दशमलव ३८ प्रतिशत अर्थात् एक अर्ब २७ करोड ३७ लाख मात्र प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट