logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै सबैभन्दा कम रहने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै सबैभन्दा कम रहने प्रक्षेपण

    1.7K
    SHARES
    नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै सबैभन्दा कम रहने प्रक्षेपण

    काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै सबैभन्दा कम रहने प्रक्षेपण गरेको छ।



    विश्व बैंकले आज विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८२।८३ (२०२५।२६) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहने अनुमान गरेको हो। जुन अघिल्लो प्रक्षेपणको तुलनामा ०.८ प्रतिशतले कम हो। यसअघि आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको थियो।

    दक्षिण एसियामा वर्ष २०२५।२६ मा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भुटानले देख्न पाउने विश्व बैंकको प्रक्षेपण रहेको छ। यो वर्ष भुटानले ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

    यसैगरी भारतले ६.५ प्रतिशत, बंगलादेशले ४.८ प्रतिशत, माल्दिभ्सले ३.९ प्रतिशत र श्रीलंकाले ३.५ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको अनुमान छ।

    यो वर्ष समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.६ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट