logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • बाढी पहिरोमा परेर ५२ जनाको निधन, इलाममा सबैभन्दा बढी

    बाढी पहिरोमा परेर ५२ जनाको निधन, इलाममा सबैभन्दा बढी

    1.6K
    SHARES
    बाढी पहिरोमा परेर ५२ जनाको निधन, इलाममा सबैभन्दा बढी

    काठमाण्डौ । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी गराएको हो ।



     

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पहिरोमा परेर इलाममा ३९ जना र पाँचथरमा १ जना र काभ्रेमा १ जनाको निधन भएको जानकारी दिए।

     

    यसैगरी उदयपुरमा २ जना,धनुषामा २, इलाम,पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १र१ जनाको मृत्यु भएको जानकारी दिए ।

     

    उनका अनुसार चट्याङ लागेर समेत रौतहटमा २ जनाको निधन भएको बताए । उनले रसुवामा चार जना र इलाममा १ जना बेपत्ता रहेको बताए । उनले बाढी पहिरोका कारण ४७ जान घाइते रहेको पनि जानकारी दिए ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट