logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा कात्तिक ३० गते

    हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा कात्तिक ३० गते

    1.4K
    SHARES
    हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा कात्तिक ३० गते

    काठमाण्डौ। हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



    कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ।

     

    सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुनेछ।

     

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट