logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

    सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

    1.2K
    SHARES
    सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्नुअघि सर्तहरू राम्ररी बुझ्न सबैलाई आग्रह गरेको छ।



     

    केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै क्रेडिट कार्ड सजिलो र सुरक्षित भुक्तानी साधन भए पनि लापरबाहीका कारण यसले उच्च ब्याज र आर्थिक बोझ निम्त्याउन सक्ने जनाएको छ।

     

    राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विद्युतीय भुक्तानी उपकरण हो, जसको प्रयोगबाट वस्तु तथा सेवाबापत रकम तिर्नका साथै तोकिएको सीमासम्म नगद झिक्न सकिन्छ।

     

    राष्ट्र बैंकले भनेको छ, “क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा कुनै ब्याज र शुल्क लाग्दैन, तर ढिलो गरेमा उच्च ब्याजदर र हर्जना लाग्न सक्छ।”

    साथै, प्रयोगकर्ताले क्रेडिट कार्ड लिँदा वा प्रयोग गर्दा क्रेडिट सीमा, शुल्क तथा ब्याजदर, बिल तयार हुने मिति र भुक्तानी समयसीमा लगायतका सर्तहरू राम्ररी बुझ्नुपर्ने सुझाव पनि बैंकले दिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट