logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एभरेष्ट बैंकको ३१औं साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित हुने

    एभरेष्ट बैंकको ३१औं साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित हुने

    1K
    SHARES
    एभरेष्ट बैंकको ३१औं साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित हुने

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि (कात्तिक १२ गते) बिहान ११ बजे भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बस्ने भएको छ।



     

    सभाले बैंकको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

     

    त्यसका साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित, चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

     

    सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २४ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, असोज २३ गतेसम्म नेप्सेमा नाम भएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट