logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • दुई महिनादेखि बीमा प्राधिकरणको बोर्ड बैठक बस्न सकेन, दैनिकी प्रभावित

    दुई महिनादेखि बीमा प्राधिकरणको बोर्ड बैठक बस्न सकेन, दैनिकी प्रभावित

    1.1K
    SHARES
    दुई महिनादेखि बीमा प्राधिकरणको बोर्ड बैठक बस्न सकेन, दैनिकी प्रभावित

    काठमाण्डौ । लगातार दुई महिनादेखि नेपाल बीमा प्राधिकरणको बोर्ड बैठक बस्न नसक्दा संस्थाका नीतिगत तथा प्रशासनिक कामहरू ठप्प भएका छन्।



     

     

    भदौ महिनायता बैठक नबसेपछि प्राधिकरणका विभिन्न निर्णयका फाइलहरू थन्किएका छन्। अस्थिर नेतृत्व र हालका अध्यक्ष जनकराज शर्माको अनुपस्थितिका कारण बैठक सम्भव नभएको प्राधिकरण स्रोतले जनाएको छ।

     

     

    सञ्चालक सन्तोष रिजालले पनि भदौपछि कुनै बैठक नभएको पुष्टि गरेका छन्। उनका अनुसार, भदौमा बसेको अन्तिम बैठकमा पनि विशेष निर्णय नभई सामान्य छलफल मात्र भएको थियो।

     

     

    प्राधिकरणमा अहिले अध्यक्षसहित तीन जना सञ्चालक छन्। अर्थ मन्त्रालयबाट असोज १० गते अध्यक्ष नियुक्त भएका शर्माले वैदेशिक भ्रमणका कारण बैठक बोलाउन सकेका छैनन्।

    यो अवस्थाले बीमितका गुनासो, बीमा दाबीका मुद्दा र अन्य नीतिगत कार्यान्वयन गम्भीर रूपमा प्रभावित बनाएको प्राधिकरणका एक कर्मचारीले बताएका छन्।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट