logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एभरेष्ट बैंकको ३१ औँ वार्षिक साधारण सभा आज हुने

    एभरेष्ट बैंकको ३१ औँ वार्षिक साधारण सभा आज हुने

    1.2K
    SHARES
    एभरेष्ट बैंकको ३१ औँ वार्षिक साधारण सभा आज हुने

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आज कात्तिक १२ गते, बुधबार, ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।



    सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

     

    त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरेको थियो । यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    अर्थ चौतारी
  • बुधबार, १२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट