logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी दिइने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी दिइने

    1.1K
    SHARES
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी दिइने

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ लिमिटेडलाई बाँकी भुक्तानी गर्ने निर्णय गरेको छ।



     

    राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भए पनि चिनियाँ ठेकेदार कम्पनीलाई तिर्न बाँकी रकमको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।

     

    प्राधिकरणका अनुसार कम्पनीलाई तिर्न बाँकी रकममध्ये धरोटीसहित ३ अर्ब ४ करोड ९९ लाख ४५ हजार १३१ रुपैयाँ बेरुजु कट्टा गरी फर्छ्यौट गर्ने निर्णय गरिएको हो।

     

    यो निर्णय अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति पश्चात् गत असोज २० गते बसेको प्राधिकरणको बैठकले स्वीकृत गरेको हो।

     

    प्राधिकरणका अधिकारीहरूका अनुसार उक्त निर्णयले लामो समयदेखि अड्किएको भुक्तानी विवाद समाधान भई विमानस्थल सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट