logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    1.5K
    SHARES
    नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    काठमाण्डौ । नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभा राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आगामी दुई वर्षका लागि हरिबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।



     

    साधारण सभाको उद्घाटन नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले दिएका थिए। उनले संघको स्थापना उद्देश्य र भावी कार्यदिशाबारे प्रकाश पारेका थिए।

     

    नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईंले लगानीकर्ता संघ र नियामक निकायबीचको सम्बन्धलाई ‘छोरा–बाबुको जिम्मेवारी’ सँग तुलना गर्दै पूँजी बजारको विकासमा लगानीकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

     

    पाटन उच्च अदालतका पूर्व न्यायाधीश सलाउद्दिन अख्तर सिद्दिकी, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष ऋतुजंग जीसी, र धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरेलगायत वक्ताहरूले बजारका चुनौती र लगानीकर्ताको अधिकारका विषयमा धारणा व्यक्त गरेका थिए।

     

    सभामा महासचिव खगेन्द्रराज कँडेल (रविन) ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मछिन्द्र बस्नेतले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई सभाले अनुमोदन गरेको थियो।

     

    सभाले आगामी दुई वर्षका लागि निम्न कार्यसमिति चयन गरेको छः

    • अध्यक्ष: हरिबहादुर केसी

    • वरिष्ठ उपाध्यक्ष: किशोर पौडेल

    • उपाध्यक्ष: ई. भगवान बहादुर राउत

    • महासचिव: खगेन्द्रराज कँडेल (रविन)

    • सचिव: भुवन ढकाल

    • कोषाध्यक्ष: मछिन्द्र बस्नेत

    • सदस्यहरू: विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचस् चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु र राजु प्रसाद पौडेल

    नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    अध्यक्ष केसीले पदभार ग्रहणपछि संघलाई लगानीकर्ताको हकहित, पूँजी बजारमा पारदर्शिता, र स्वस्थ विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट