logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सानिमा बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

    सानिमा बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

    1.4K
    SHARES
    सानिमा बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

    काठमाण्डौ । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।



     

    लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) पठाइएको बैंकले जानकारी दिएको छ।

     

    साथै बुक क्लोजको अघिल्लो दिनसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि शेयरधनीको बैंक खातामा लाभांश पठाइने सूचनामा उल्लेख गरिएको छ।

     

    बैंकको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चौतारी
  • आइतबार, १६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट