logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • रिभर फल्स पावरको हकप्रद बाँडफाँड, १० लाख ३८ हजार कित्ता शेयर लिलाममा आउने

    रिभर फल्स पावरको हकप्रद बाँडफाँड, १० लाख ३८ हजार कित्ता शेयर लिलाममा आउने

    1.8K
    SHARES
    रिभर फल्स पावरको हकप्रद बाँडफाँड, १० लाख ३८ हजार कित्ता शेयर लिलाममा आउने

    काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ।



     

     

    कम्पनीले गत साउन २२ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरी कात्तिक १४ गते बाँडफाँड गरेको हो।

     

     

    निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका ७६ हजार ५१७ जना शेयरधनीहरूलाई ५९ लाख ६१ हजार ७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

     

     

    बाँडफाँडपछि कम्पनीको १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद शेयर बाँकी बसेको छ। यसरी बाँकी बसेको अवितरित शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गरिनेछ।

    साथै आफ्नो कामय हकभन्दा बढी माग गरी आवेदन दिएका शेयरधनीहरूले बाँडफाँडमा नपरेको शेयर बापतको रकम आज कात्तिक १६ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • आइतबार, १६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट