logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सन नेपाल लाइफले प्राप्त गर्‍यो ISO/IEC 27001:2022 प्रमाणपत्र, सूचना सुरक्षा प्रणालीमा अब्बल

    सन नेपाल लाइफले प्राप्त गर्‍यो ISO/IEC 27001:2022 प्रमाणपत्र, सूचना सुरक्षा प्रणालीमा अब्बल

    884
    SHARES
    सन नेपाल लाइफले प्राप्त गर्‍यो ISO/IEC 27001:2022 प्रमाणपत्र, सूचना सुरक्षा प्रणालीमा अब्बल

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK मार्फत ISO/IEC 27001:2022 को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ।



     

    गत महिना सम्पन्न मूल्यांकन (सर्वेक्षण)मा कम्पनीले आफ्नो सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा व्यवस्थापन गरेको पुष्टि भएपछि सो प्रमाणपत्र नवीकरण गरिएको हो।

     

    कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, ISO/IEC 27001:2022 मानकले संस्थाले अन्तर्राष्ट्रिय स्तरमा परिभाषित “Information Security Management System (ISMS)” सम्बन्धी असल अभ्यासहरू पालना गरेको स्पष्ट गर्छ।

     

     

    सन नेपाल लाइफले जोखिममा आधारित जीवन बीमा प्रणाली, संस्थागत सुशासन र नियामक निकायका प्रावधानहरूलाई अन्तर्राष्ट्रिय मापदण्डको आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ।

     

     

    नेपालको बीमा क्षेत्रमै सन नेपाल लाइफ ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो।

     

     

    प्रमाणपत्रको नवीकरणसँगै कम्पनीले आगामी दिनमा पनि सूचना सुरक्षा र डेटा सुरक्षामा निरन्तर सुधार र मजबुतीकरण गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट