logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • बागदरबार रेट्रोफिटिङ लागत ३६ करोड, काम सम्पन्न हुन २ वर्ष लाग्ने

    बागदरबार रेट्रोफिटिङ लागत ३६ करोड, काम सम्पन्न हुन २ वर्ष लाग्ने

    871
    SHARES
    बागदरबार रेट्रोफिटिङ लागत ३६ करोड, काम सम्पन्न हुन २ वर्ष लाग्ने

    काठमाण्डौ । बागदरबारको रेट्रोफिटिङको लागि गौरी पार्वती निर्माण सेवा, गणेश बिल्डर्स र भिसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको छ ।



     

    काठमाण्डौ महानगर खरिद एकाई प्रमुख राम रतन शाहका अुनसार ठेक्का पाएका यी कम्पनीहरूले १५ दिनभित्र सम्झौता गर्न आउनुपर्नेछ । सम्झौता भएको ७ दिनभित्र काम सुरु गरिक्नुपर्ने प्रावधान छ ।

     

     

    प्रमुख शाहका अनुसार ठेक्का सम्झौता २ वर्षको रहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गरेको २ वर्षभित्र काम सम्पन्न हुनुपर्ने छ ।

     

     

    बागदरबारमा हाल महानगर प्रहरी बस्दै आएको छ । महानगरले बागदरबारलाई रेट्रोफिटिङ गरेर बैठक हल र म्युजियम बनाउने कुरा उठाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट