logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • बुटवल पावरलाई शेयर बेच्ने प्रक्रिया अघि बढाउन हिमाल पावरले बोलायो विशेष साधारणसभा

    बुटवल पावरलाई शेयर बेच्ने प्रक्रिया अघि बढाउन हिमाल पावरले बोलायो विशेष साधारणसभा

    1.1K
    SHARES
    बुटवल पावरलाई शेयर बेच्ने प्रक्रिया अघि बढाउन हिमाल पावरले बोलायो विशेष साधारणसभा

    काठमाण्डौ । हिमाल पावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनीले मङ्सिर ५ गते साधारणसभा बोलाएको हो।



     

    साधारणसभामा बुटवल पावर लिमिटेडलाई शेयर बेच्ने र त्यसको लागि प्रक्रिया अघि बढाउने प्रस्ताव पेश हुने छ। बुटवल पावर कम्पनी लिमिटेडको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको थियो ।

     

    हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयर मध्ये बुटवल पावरले Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ६८ हजार १ सय ७६ कित्ता शेयर र Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो। सोहि समबन्धि प्रस्ताव पारित गर्न हिमाल पावरले साधारणसभा बोलाएको हो ।

     

    हिमाल पावर लि. ले हाल ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट