logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

    प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

    1.2K
    SHARES
    प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

    काठमाण्डौ । कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन्।



     

    बिहीबार काठमाण्डौमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ।’

     

    तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए। विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन। आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि यहाँ पैसाका बलमा एनजीओहरू, विदेशी डलरमा नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशका विरुद्धमा उत्तेजना फैलाउने एनजीओहरुलाई पनि प्रतिबन्ध लगाउनुपर्ने छ। लखेट्नुपर्ने छ।’

     

    उनका अनुसार विदेशी प्रभाव, भ्रष्टाचार र एनजीओको नियन्त्रण अन्त्य भएपछि मात्र नेपालमा निष्पक्ष चुनाव र जनमुखी शासन सम्भव हुनेछ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट