logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    988
    SHARES
    सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    काठमाण्डौ । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।



     

    चालु आवको असोजसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको नाफा भने २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहन पुगेको छ । गत वर्षको असोजमा बैंकको खुद नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो ।

     

    १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्षको असोजसम्ममा ६७ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यसपटक ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

     

    असोज मसान्तसम्ममा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेपक संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा गत वर्षको असोजमा ५.४१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८४ प्रतिशत पुगेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट