logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • एनआईसी एसिया बैंकद्वारा सुर्खेतको नेपाल राष्ट्रिय प्राविलाई सहयोग हस्तान्तरण

    एनआईसी एसिया बैंकद्वारा सुर्खेतको नेपाल राष्ट्रिय प्राविलाई सहयोग हस्तान्तरण

    143
    SHARES
    एनआईसी एसिया बैंकद्वारा सुर्खेतको नेपाल राष्ट्रिय प्राविलाई सहयोग हस्तान्तरण

    काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ।



    विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरिएको बैंकले जनाएको छ।

    १६७ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको सो विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई जेठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरे।

    कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–१ का वडा अध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने बैंकले विश्वास लिएको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट