logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट

    इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट

    1.1K
    SHARES
    इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट

    काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, सो अवधिसम्म बैंकको खुद नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको छ।



     

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। नाफामा आएको यो तीव्र गिरावट बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको कमीका कारण भएको विश्लेषण गरिएको छ।

     

    पहिलो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिको ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको तुलनामा करिब १६.३४ प्रतिशतले घटेको हो। त्यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँबाट घटेर १५ करोड २ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।

     

    यस्तै, बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको उल्लेख गरिएको छ। खराब कर्जा (एनपीएल) पनि गत वर्षको ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ, जसले बैंकको वित्तीय स्वास्थ्यमा थप दबाब सिर्जना गरेको छ।

     

    नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा घटेको छ। गत वर्षको सोही अवधिको १७.१६ रुपैयाँ इपीएस घटेर ०.५३ रुपैयाँमा खुम्चिएको छ। त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँमा सीमित रहेको विवरणमा उल्लेख छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट