logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ३० अंकले घट्याे नेप्से, ४ अर्ब ९० करोडकाे काराेबार

    ३० अंकले घट्याे नेप्से, ४ अर्ब ९० करोडकाे काराेबार

    897
    SHARES
    ३० अंकले घट्याे नेप्से, ४ अर्ब ९० करोडकाे काराेबार

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गरिावट आएको छ । गत बिहिबार ११.२९ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ३०.०२ अंकले घटेको छ।



    यसदन १.१५ प्रतिशतले घटेको नेप्से परिसूचक २५ सय ६६ दशमलव ०९ बिन्दुमा रोकिएको छ ।

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ ।आज ३२२ कम्पनीको १ कराेड ६ लाख १९ हजार १८० कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रूपैयाँको कारोबार भएको छ ।

    गत बिहिबार ३२० कम्पनीको १ कराेड ८ लाख ६१ हजार १४६ कित्ता सेयर खरिद बिक्रि हुँदा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रूपैयाँको कारोबार भएको थियाे ।

     

    यसदिन सबै समुहका सेयर घटेका छन् । आज सर्वाधिक फाइनान्स समुहकाे सेयर २.९१ प्रतिशत घटेकाे छ ।

    घटेकाे बजारमा आज दरमखाेला हाइड्राे इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी, रूरू जलविद्युत परियाेजना र १०.२५ % नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८३ काे सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेकाे छ ।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट