logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सप्तकोशी सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

    सप्तकोशी सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

    1.1K
    SHARES
    सप्तकोशी सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । पूर्वाञ्चलको गौरव रहेको सप्तकोशी ब्राण्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेड कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिपुरेश्वर, काठमाडौंमा आज कात्तिक २४ गते सम्पन्न भएको हो ।



     

    सभाले कम्पनीको खुद मुनाफाबाट १२ कुल जारी प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने निर्णय पारित गरेको छ । कम्पनीले पूँजीको अधिकतम २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) सर्बसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत पारित गरेको छ ।

     

    साथै सभाले मोना जालानलाई नयाँ संचालक अध्यक्षमा तथा दिवाकर थापालाई स्वतन्त्र संचालकमा चयन गरेको छ । सप्तकोशी ब्राण्डको दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने उक्त उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित रहेको छ ।

     

     


    अर्थ चौतारी
  • मंगलबार, २५ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट