काठमाण्डौ । आज नेपाल शेयर बजार (नेप्से) सामान्य अंकले वृद्धि हुँदै बन्द भएको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २,५६५.१६ विन्दुमा पुगेको हो।
आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ।
यो दिन ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा जम्मा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।
सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ, जसको कारोबार ३५ करोड ५८ लाख रुपैयाँ बराबर रहेको छ। त्यसपछि राधी विद्युत कम्पनी (३२ करोड ३२ लाख रुपैयाँ) र एनआरएन इन्फ्रास्ट्रक्चर (२६ करोड ७६ लाख रुपैयाँ) क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।
आज शाइन रेसुङ्गा डिबेञ्चर र बन्दीपुर केबलकार का लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी माबिलुङ हाइड्रोपावर र सागर डिष्टिलरी का लगानीकर्ताले करिब ९.९९ प्रतिशत नाफा कमाए।
त्यसपटक नेपाल एसबिआई डिबेञ्चर २०८३ का इकाईधनीले भने सबैभन्दा बढी घाटा बेहोरे, जसमा उनीहरूले ९ प्रतिशतको ह्रास सामना गरेका छन्।
नेप्सेमा कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेपनि, सूचकमा सामान्य सुधार देखिएको छ।
अर्थ चौतारी ।