logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ग्लोबल आइएमई बैंकको साधारणसभा आज, ८ प्रतिशत नगद लाभांश पारित गरिंदै

    ग्लोबल आइएमई बैंकको साधारणसभा आज, ८ प्रतिशत नगद लाभांश पारित गरिंदै

    1.2K
    SHARES
    ग्लोबल आइएमई बैंकको साधारणसभा आज, ८ प्रतिशत नगद लाभांश पारित गरिंदै

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।



     

    उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन सहितको गत आर्थिक वर्ष (आव) को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ।

     

    साथै बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेड समेतको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

     

    बैंकको प्रबन्धपत्र/नियमावलीमा व्यवसायिक उद्देश्यहरू थप वा संशोधन गर्ने र सोमा नियमनकारी निकायहरूबाट थप सुझाव वा संशोधन गर्ने निर्देशन भएमा सोही बमोजिम गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

     

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गरिसकेकाले कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट