logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    858
    SHARES
    सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु गरेको छ ।



    कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको कामकारबाही सुचारु भएको हो । काम सुरु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशन सुरु भएको छ ।

     

    मङ्गलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

     

    कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट