logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश घोषणा, पुस ४ गते साधारणसभा

    एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश घोषणा, पुस ४ गते साधारणसभा

    637
    SHARES
    एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश घोषणा, पुस ४ गते साधारणसभा

    काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।



     

    कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २८ करोड ४३ लाख रुपैयाँका आधारमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

     

    त्यसैगरी, कम्पनीको १३औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंको थिरबम रोडस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुने तय गरिएको छ। उक्त सभाले लाभांश प्रस्ताव अनुमोदन गर्नेछ।

     

    सभाले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीमा १ः१ अनुपातमा (१००%) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

     

    त्यसैगरी, कम्पनीले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले ५१ प्रतिशत स्वामित्वसहित सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ। सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।


    अर्थ चौतारी
  • बुधबार, २६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट